दफा १४
समितिको कोष
१४.१ समितिको एउटा छुट्टै कोष हुनेछ । सो कोषमा देहायका रकमहरू रहनेछन् ः–
१४.१.१ नेपाल सरकारबाट प्राप्त अनुदान,
१४.१.२ नेपाल सरकार मार्फत कुनै अन्तर्राष्ट्रिय वा विदेशी संस्थाबाट प्राप्त रकम,
१४.१.३ समितिको चल अचल सम्पत्तिबाट आर्जन हुने रकम,
१४.१.४ समितिलाई प्राप्त अन्य कुनै रकम ।
१४.२ समितिको सबै रकम समितिको नाममा नेपाल राष्ट्र बैंक वा कुनै वाणिज्य बैंकमा जम्मा गरिनेछ ।
१४.३ समितिको तर्फबाट गर्नु पर्ने सम्पूर्ण खर्चहरू उपदफा १४.१ बमोजिमको कोषबाट व्यहोरिनेछ ।
१४.४ समितिको खाता सञ्चालन तोकिएबमोजिम हुनेछ ।